रामेछापमा ६५.५८ प्रतिशत मत खस्यो



३० वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा आज भएको मतदानमा ६५.५८ प्रतिशत मत खसेको छ । १ लाख ७८ हजार ८६७ मतदाता मध्ये ६५.५८ प्रतिशत मत खसेको हो ।
जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर साहले हालसम्मको तथ्याङक अनुसार ६५.५८ प्रतिशत मत खसेको र ९७ मतदान केन्द्रको विवरण सिस्टमा अपलोड हुन बाँकी रहेको रामेछाप न्युजलाई जानकारी दिए । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा पनि विवादको कारण मतदान स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्