रामेछापको ७ स्थानीय तहमा निर्वाचन सम्पन्न, भोली बिहानबाट मतगणना हुने



३० वैशाख, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका बाहेक सात वटा स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएको स्थानीय तहको केन्द्रमा मतपेटिका आउने क्रम चलिरहेको छ ।

आज मतपेटिका भण्डार गर्ने र भोली बिहानबाटै मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर साहले रामेछाप न्युजलाई बताए । रातीको समयमा मतगणना प्रक्रिया सुरु नहुने बताउदै भोलीबाट सात वटै स्थानीय तहमा एकसाथ मतगणना प्रक्रिया अघि बढाइनेछ ।
खाँडादेवी गाउँपालिका–१ राकाथुममा मतदान हुन नसकेपछि खाँडादेवी गाउँपालिकाको भने उक्त मतदान केन्द्रमा पुनः मतदान सम्पन्न गरेर मात्र मतगणना सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्