सुनापति गाउँपालिकामा मतगणना सुरु हुँदै



३१ वैशाख, रामेछाप ।
सुनापति गाउँपालिकामा केहीबेरमा मतगणना कार्य सुरु हुने भएको छ । शुक्रवार राती राजनीतिक दलहरुबीच आज बिहान ८ बजेटबाट मतगणना गर्ने सहमति भएको थियो । सोही अनुसार अहिले गाउँपालिकाको केन्द्र हिलेदेवीमा मतगणना कार्य सुरु हुन लागेको हो । मतगणनास्थलमा राजनीतिक दलका प्रतिनिधिहरु सहभागी भइसकेका छन् ।

सुनापति गाउँपालिकाका सहायक निर्वाचन अधिकृत कमलराज श्रेष्ठ ८ बजेबाट मतगणना सुरु हुने रामेछाप न्युजलाई बताए । हिजो सम्पन्न मतदानमा सुनापति गाउँपालिकामा १२ हजार ८१६ मत खसेको थियो । गाउँपालिकामा यस पटक माओवादीबाट ठूलोकान्छा तामाङ, एमालेबाट ज्ञान कुमार योञ्जन र कांग्रेसबाट दिपेन्द्र खड्का पालिकाका अध्यक्षका उम्मेदवार रहेका छन् । मतगणना सुरु हुने भएसँगै सुनापति गाउँपालिकावासीमा उत्सुकता जागेको छ ।

प्रतिक्रिया दिनुहोस्