मन्थली नगरपालिकामा २५ हजार ७०१ मत खस्यो, केही बेरमा मतगणना हुँदै



३१ वैशाख, रामेछाप ।
रामेछापको मन्थली नगरपालिकामा २५ हजार ७०१ मत खसेको छ । कुल ३७ हजार २२० मतदाता मध्ये २५ हजार ७०१ मत खसेको हो । नगरपालिकाको १४ वटै वडाबाट मतपेटिका नगरपालिकाको केन्द्र मन्थलीमा संकलन भइसकेको छ । रामेछापका मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले सर्वदलीय बैठक बसेर केही बेरपछि मतगणना कार्य सुरु हुने रामेछाप न्युजलाई बताए ।

 

प्रतिक्रिया दिनुहोस्