लिखु तामाकोसी गाउँपालिमा प्रारम्भिक मतपरिणाम सार्वजनिक,एमालेको अग्रता



३१ वैशाख, रामेछाप ।
रामेछापको लिखु तामाकोसी गाउँपालिमा मतगणानाको प्रारम्भिव नजिता आएको छ । आज बिहानबाट सुरु भएको मतगणनाको परिणाम आएको हो ।
परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार कमल प्रसाद कडरिया २३० मत, नेपाली कांग्रेसका उम्मेदवार केशव महत २१३ मत र नेकपा एकीकृत समाजवादीका उम्मेदवार नवराज पौडेलले १८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्षमा दिपा पाख्रिन (एमाले) २४०, सरस्वती गुरुङ (कांग्रेस)१९७ र धु्रव कुमार कार्की (माओवादी) २८ मत प्राप्त गरेका छन् । अहिले पनि मतगनणा जारी छ ।
लिखु तामाकोसी गाउँपालिकामा १२ हजार ८४७ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्