लिखु तामाकोसी गाउँपालिमा एमालेको अग्रता कायमै



३१ वैशाख, रामेछाप ।
रामेछापको लिखु तामाकोसी गाउँपालिमा मतगणानाको प्रारम्भिक मतपरिणाममा एमालेले अग्रता लिएको छ । पछिल्लो परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार कमल प्रसाद कडरिया ३०१ मत, नेपाली कांग्रेसका उम्मेदवार केशव महत २६८मत प्राप्त गरेका छन् । अहिले गाउँपालिकाको वडा नम्बर १ दुरागाउँको मतगणना भइरहेको छ । मतगणना अनुसार एमालेबाट वडा अध्यक्षका उम्मेदवार प्रदिप तामाङले ३०९ र कांग्रेसका वडा अध्यक्षका उम्मेदवार रुद्र सुनुवारले २६० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्