खाँडादेवी गाउँपालिकामा १३ हजार ५५६ मत खस्यो, दुई दिन गणना नहुने



३१ वैशाख, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिकामा १३ हजार ५५६ मत खसेको छ । गाउँपालिकाको वडा नम्बर १ राकाथुम बाहेक बाँकी आठ वडामा सो मत खसेको हो । शुक्रवार विवाद भएपछि वडा नम्बर १ मा पुनः चुनाव हुने भएको छ ।

पालिकाको आठ वटै वडाको मतपेटिका पालिकाको केन्द्र माकादुममा भण्डारण गरिएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापले भोली र पर्सी मध्ये एक दिन राकाथुममा पुनःनिर्वाचन हुने बताएको छ । स्थगित भएको राकाथुममा पुनः मतदान भएपछि मात्र पालिकामा मतगणना प्रक्रिया अघि बढन जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर साहले रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्