दोरम्बा शैलुङ गाउँपालिकामा ११ बजेबाट मतगणना सुरु हुने



३१ वैशाख, रामेछाप ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा अहिले ११ बजेबाट मतगणना सुरु हुने भएको छ । मतगणनाको लागि सर्वदलीय बैठक भर्खरै सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र टोकरपुरमा सवै वडाबाट मतपेटिका संकलन भइसकेको छ । सात वटा वडामा गरी १३ हजार मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्