रामेछाप नगरपालिकामा दिउँसो १ बजेटबाट मतगणना सुरु हुने



३१ वैशाख, रामेछाप ।
रामेछाप नगरपालिकामा आज दिउसो १ बजेबाट मतगणना सुरु हुने भएको छ । मतगणनाको लागि भर्खरै सर्वदलीय बैठक सम्पन्न भएको छ । दलहरुको बीचमा हिजो राती गाठगाउँबाट मतपेटिका ल्याउने क्रममा गाडी दुर्घटना भएको थियो ।

प्रहरीसहितको टोलीले पुनः मुचुल्का गरेर राती मतपेटिका रामेछाप बजार ल्याइएको थियो । रामेछापमा १६ हजार ३३८ मत खसेको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा रामेछाप नगरपालिकामा १२ हजार ९७० मत खसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्