रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा जेठ २ गते पुनः निर्वाचन हुने



३१ वैशाख, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा विवादको कारण स्थगित भएको निर्वाचन जेठ २ गते हुने भएको छ । निर्वाचन आयोगले जेठ २ गते पुनः निर्वाचन गर्ने निर्णय गरेको हो । शुक्रवार बिहान राजनीतिक दलहरुबीच मतदान गर्ने क्रममा मतदान केन्द्रमा विवाद भएको थियो । उक्त विवादसँगै राजनीतिक दलहरुबीच सहमति हुन नसकेपछि मतदान प्रक्रिया प्रभावित भएको थियो । दिनभर सहमति जुटाउने प्रयास सफल हुन नसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले चुनाव स्थगित गर्ने निर्णय गरेको थियो ।

खाँडादेवी गाउँपालिका–१ मा २८९५ मतदाता रहेको थियो । गत निर्वाचनमा उक्त वडामा माओवादी केन्द्रले चुनाव जितेको थियो ।
रामेछापका मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले जेठ २ गते राकाथुममा पुनः मतदान हुने रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार राकाथुम वडामा मतदान भएपछि मात्र खाँडादेवी गाउँपालिकाको मतगणना प्रक्रिया अघि बढनेछ ।

प्रतिक्रिया दिनुहोस्