रामेछापमा कांग्रेसले खाता खोल्यो, गोकुलगंगा गाउँपालिका–१ चुचुरेको वडाअध्यक्षमा वस्तेत विजयी



३१ वैशाख, रामेछाप ।
रामेछापमा स्थानीय तहको निर्वाचन अन्तर्गत गोकुलगंगा गाउँपालिका–१ चुचुरेको वडा अध्यक्षमा नेपाली कांग्रेसमा छत्र बस्नेत विजयी भएका छन् । उनले आफ्ना निकटम् प्रतिद्वन्दी नेकपा एमालेका रामजी कार्कीलाई  पराजित गर्दे विजयी भएका हुन् ।

बस्नेतले ७१५  मत पाउँदा एमालेका रामजी कार्कीले ६१९ मत पाएका छन् । कांग्रेसले वडा अध्यक्षसहित प्यानल नै जितेको छ । त्यसैगरी गाउँपालिकाको अध्यक्षतर्फ चुचुरेबाट काँग्रेसका दिनेश खड्काल ७६५ मत पाएका छन् भने एमालेका खड्ग सुनुवार ६३७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्