रामेछापको सुनापति गाउँपालिकामा माओवादीको सुरुवाती अग्रता



३१ वैशाख, रामेछाप ।
रामेछापको सुनापति गाउँपालिकामा नेकपा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । सुनापति गाउँपालिका–१ गुन्सीमा १७८ मतगणना गर्दा अध्यक्षका उम्मेदवार माओवादीका ठूलोकान्छा तामाङले ६८ मत, कांग्रेसका दिपेन्द्र खड्काले ६५ र एमालेका ज्ञान कुमार योञ्जनले ४३ मत प्राप्त गरेका छन् । पालिकाको अध्यक्षमा सुरुवाती मतपरिण अनुसार माओवादी र कांग्रेसको प्रतिस्पर्धा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्