दोरम्बा शैलुङ गाउँपालिकामा एमालेको सुरुवाती अग्रता



३१ वैशाख, रामेछाप ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा एमालेकाले सुरुवाती अग्रता लिएको छ । गाउँपालिकाको वडा नम्बर १ डडुवाबाट मतगणना सुरु भएको छ । सुरुवाती मतपरिणाम अनुसार एमालेबाट पालिकाका अध्यक्षको उम्मेदवार बनेका टंक चोलागाईले ५८ र माओवादीबाट पालिकाका अध्यक्षका उम्मेदवार बनेका मैन कुमार मोक्तानले ३१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय दोरम्बा शैलुङ गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्