मन्थली नगरपालिकामा एमालेको सुरुवाती अग्रता



३१ वैशाख, रामेछाप ।
रामेछापको मन्थली नगरपालिकाको प्रारम्भिक मतपरिणाम अनुसार एमालेले सुरुवाती अग्रता लिएको छ । वडा नम्बर १ बाट मतगणना सुरु भएको थियो । दुई सय मतगणना गर्दा एमालेबाट नगरप्रमुखका उम्मेदवार बनेका लव श्रेष्ठले ८१ मत प्राप्त गरेका छन् । कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार बनेका विनोद कार्कीले ५६ मत प्राप्त गरेका छन् । माओवादीका उम्मेदवार दिपक प्रसाईँले ४९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्