स्थानीय तहको निर्वाचनः १२ पालिकाको मतपरिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूचीसहित)



३१ वैशाख, काठमाडौ ।
स्थानीय तहको निर्वाचन अन्तर्गत हालसम्म १२ वटा पालिकाको मतगणना सकिएको छ। जसमा सर्वाधिक एमालेले ६, कांग्रेसले ३, एकीकृत समाजवादीले २ र माओवादी केन्द्रले एक पालिकाको प्रमुख जितेको छ । एमालेले मनाङको मनाङ ङिस्याङ गाउँपालिका, मनाङको चामे गाउँपालिका, मुस्ताङको लो( घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङको बागागुङ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङको लोमन्थाङ गाउँपालिका र डोल्पाको शे फोक्सुन्डो गाउँपालिकाको नेतृत्व जितेको छ। त्यसैगरी कांग्रेसले मुस्ताङको घरपझोङ गाउँपालिका, मनाङको नार्पाभूमि गाउँपालिका र मनाङको नासोँमा गाउँपालिकाको नेतृत्व जितेको छ।

त्यस्तै, एकीकृत समाजवादीले डोल्पाको काइके गाउँपालिका र डोल्पाकै छार्का साङतोङ गाउँपालिकाको नेतृत्व जितेको छ। उसैले दुवै पालिकाको नेतृत्व निर्विरोध जितेको हो। माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँपालिकाको नेतृत्व जितेको हो।

 

एमाले
१ मनाङ ङिस्याङ गाउँपालिका/ मनाङ

कान्छा घले/एमाले- ८६१
२ चामे गाउँपालिका/मनाङ
लोकेन्द्र वहादुर घले/एमाले- ३२०
३ लो- घेकर दामोदरकुण्ड गाउँपालिका/ मुस्ताङ
लोप्साङ छोम्पेल विष्ट/एमाले
४ बागागुङ मुक्तिक्षेत्र गाउँपालिका/ मुस्ताङ
रिङजीन नामगेल गुरुङ/एमाले
५ लोमन्थाङ गाउँपालिका/मुस्ताङ
टसी न्हर्वु गुरुङ/एमाले- ६६८
६ शे फोक्सुन्डो गाउँपालिका/ डोल्पा
धावा सम्डुक गुरुङ/एमाले- निर्विरोध

नेपाली कांग्रेस
१ घरपझोङ गाउँपालिका/ मुस्ताङ

मोहन सिंह लालचन/ काग्रेस
२ नार्पाभूमि गाउँपालिका/ मनाङ
कोन्जो तेन्जीङ लामा/ काग्रेस- १५८
३ नासोँ गाउँपालिका/ मनाङ
धन बहादुर गुरुङ/ काग्रेस

एकीकृत समाजवादी
१ काइके गाउँपालिका/डोल्पा

अंगद कुमार राना/एकीकृत समाजवादी- निर्विरोध
२ छार्का साङतोङ गाउँपालिका/ डोल्पा
सेनाङ गुरुङ/ एकीकृत समाजवादी- निर्विरोध

माओवादी केन्द्र
जगदुल्ला गाउँपालिका/डोल्पा

नारा सिं रोकाया    /माओवादी केन्द्र-७७०

 

प्रतिक्रिया दिनुहोस्