रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको मतगणना स्थलमा गोली चल्यो



३१ वैशाख, रामेछाप ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको कन्द्र टोकरपुरस्थित थामचौरमा मतगणना स्थलमा गोली चलेको छ । मतगणना गर्ने क्रममा राजनीतिक दलहरुबीच तनाब भएपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले दुई राउण्ड हवाई फायर भएको रामेछाप न्युजलाई जानकारी दिए । उनले भिडलाई नियन्त्रणमा लिन प्रहरीले प्रयास गरिरहेको छ । गाउँपालिकाको वडा नम्बर १ डडुवाको मतगणना भइरहेको छ । चार सय मत गणना गर्दा पालिकामा एमालेका उम्मेदवार टंक चौलागाई २२१ र माओवादीका उम्मेदवार मैन कुमार मोक्तानले १५० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्