रामेछाप नगरपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक, एमालेको सुरुवाती अग्रता



३१ वैशाख, रामेछाप ।
रामेछाप नगरपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । सुरुवाती मतपरिणाम अनुसार एमालेले अग्रता गरेको छ । नगरपालिकाको वडा नम्बर १ गोठगाउँको मतगणना हुँदा एमालेबाट नगरप्रमुखका उम्मेदवार रोशन पाख्रिनले १४८ मत ल्याउदा कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार लवश्री न्यौपानेले १२८ मत ल्याएका छन् । त्यसैगरी माओवादीबाट नगरप्रमुखका उम्मेदवार नरेशबाबु श्रेष्ठले १६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ । अहिले पनि गोठगाउँको मतगणना जारी छ ।

३०० मत गणना हुदा रामेछाप नगरपालिका वाडा नम्बर १ गोठगाउँको नतिजा
नेकपा एमाले तर्फ
मेयर रोशन पाख्रिन =138
उप-मेयर सिता खत्री=150
वडा अध्यक्ष शिव कार्कि=130
नेपाली काङग्रेसतर्फ
मेयर लवश्रि न्यैपाने=128
उप-मेयर वाला कुमारि कार्कि=127
वडा अध्यक्ष रेख बख बहादुर खत्री =138
नेकपा माअोवादि केन्द्र तर्फ
मेयर नरश वाबु श्रेष्ठ=16
उप-मेयर डि बि कार्कि=8
वडा अध्यक्ष बाबुराम कार्कि=26

प्रतिक्रिया दिनुहोस्