सुनापति गाउँपालिकामा कांग्रेसले खाता खोल्यो, वडा नम्बर १ गुन्सीको वडाअध्यक्षमा चौलागाई विजयी



१ जेठ, रामेछाप ।
सुनापति गाउँपालिका–१ गुन्सीमा नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवार धु्रव चौलागाई निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका निकटतम प्रतिद्धन्द्धी चण्डेश्वर चौलागाईलाई पछि पार्दै विजयी भएका हुन् । ध्रुब चौलागाईले ९३२ मत पाउदा माओवाादीका चण्डेश्वर चौलागाईले ९१७ मत प्राप्त गरेका थिए । गत स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षसहित प्यानल नै माओवादीले जितेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्