दोरम्बा शैलुङ गाउँपालिकामा मतान्तर बढाउदै एमाले



१ जेठ, रामेछाप ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा एमालेले अग्रता कायमै राखेको छ । एमालेले अग्रता कायमै राख्दै मतान्तर बढाउदै लगेको छ । गाउँपालिकाको वडा नम्बर १ डडुवामा १५०० मतगणना हुँदा एमाले गाउँपालिकाका अध्यक्षका उम्मेदवार टंक चौलागाईले ७२२ मत ल्याएका छन भने माओवादीबाट मैन कुमार मोक्तानले ६३८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्षमा एमालेबाट मुना कँडेलले ७२४ र कांग्रेसबाट खमला थापामगरले ५६३ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्