रामेछापको मन्थली नगरपालिकामा एमालेको अग्रता कायमै



१ जेठ, रामेछाप ।
मन्थली नगरपालिकाको जारी मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । मन्थली नगरपालिकाको वडा नम्बर १ मन्थली र वडा नम्बर १४ फुलासीको मतगणना सम्पन्न हुँदा एमालेबाट नगरप्रमुखका उम्मेदवार लव श्रेष्ठले १४७६ मत प्राप्त गरेका छन भने कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार विनोद कार्कीले १२६७ र माओवादीका उम्मेदवार दीपक प्रसाईले ४८७ मत प्राप्त गरेका छन् । यसअघि वडा नम्बर १ को मन्थलीमा कांग्रेस र वडा नम्बर १४ को फुलासीमा नेकपा एमालेका वडाअध्यक्ष विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्