स्थानीय निर्वाचनः २३ स्थानीय तहको नतिजा आउँदा कहाँ कसको जित ? (नामसहित)



१ जेठ, काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत जारी मतगणनाअनुसार अहिलेसम्म २३ स्थानीय तहको परिणाम आएको छ । ती स्थानीय तहको मत परिणाम सकिँदा नेकपा एमालेले १० र नेपाली कांग्रसले ८ पालिका जितेको छ भने माओवादी केन्द्रले ३ स्थानीय तह जितेको छ । नेकपा एकीकृत समाजवादी २ पालिका प्रमुख जिेको छ ।

नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह

१. से फोक्सुण्डो गाउँपालिका – डोल्पा

२. चामे गाउँपालिका – मनाङ

३. ङिस्याङ गाउँपालिका- मनाङ

४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ

५. लोमन्थाङ गाउँपालिका- मुस्ताङ

६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका-मुस्ताङ

७. खुम्बु पासाङल्हामु गाउँपालिका- सोलुखुम्बु

८. साइपाल गाउँपालिका-बझाङ

९. नवलपुरको बौदीकाली -नवलपरासीपूर्व

१०. थलरा गाउँपालिका- बझाङ

नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह

१. नार्पाभूमी – मनाङ

२. घरपोझोङ – मुस्ताङ

३. नासो गाउँपालिका-मनाङ

४. गुल्मी दरबार गाउँपालिका, गुल्मी

५. गन्यापधुरा गाउँपालिका, डडेलधुरा

६. रेसुङ्गा नगरपालिका, गुल्मी

७. खार्पुनाथ गाउँपालिका, हुम्ला

८. बडिकेदार गाउँपालिका, डोटी

माओवादी केन्द्रले जितेका स्थानीय तह

१. जगदुल्ला गाउँपालिका- डोल्पा

२. नौमुले गाउँपालिका- दैलेख

३. ताराखोला गाउँपालिका, बागलुङ

नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह

१. काइके गाउँपालिका – डोल्पा

२. छार्का साङतोङ गाउँपालिका – डोल्पा

प्रतिक्रिया दिनुहोस्