रामेछापमा आठ वटा वडाको नतिजा सार्वजनिक, कहाँ कसको जित (नामसहित)



१ जेठ, रामेछाप ।
रामेछापमा स्थानीय तहको निर्वाचन अन्तर्गत वडा अध्यक्षका उम्मेदवाहरुको धमाधम परिणाम सार्वजनिक भइरहेको छ । अहिले साढे दुई सम्ममा जिल्लाको ६४ मध्ये ८ वटा वडाको तजिता सार्वजनिक भएको हो । प्राप्त परिणाम अनुसार रामेछापमा कांग्रेसले अग्रता लिदा पाँच वटामा विजयी हुँदा नेकपा एमालेले तीन वटा वडामा जित हासिल गरेको छ ।

निर्वाचित वडा अध्यक्षहरु
नेपाली कांग्रेसः
१. रामहरि पौडेल, वडाअध्यक्ष, मन्थली नगरपालिका–१ मन्थली (कांग्रेस)
रामेछाप नगरपालिका
२.रेखबहादुर कार्की, वडा अध्यक्ष, रामेछाप नगरपालिका–१ गोठगाउँ (काग्रेस)
सुनापति गाउँपालिकाः
३. धु्रव चौलागाई, वडा अध्यक्ष, सुनापति गाउँपालिका–१ गुन्सी (कांग्रेस)
गोकुलगंगा गाउँपालिका
४. छत्र बहादुर बस्नेत, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–१ चुचुरे (कांग्रेस)
५. सुरेन्द्र कार्की वडा अध्यक्ष, गोकुलगंगा गाउँपालिका–२ ठोसे (कांग्रेस)
मन्थली नगरपालिकाः
६. मोतीलाल तामाङ, वडाअध्यक्ष, मन्थली नगरपालिका–१४ फुलासी (एमाले)
उमाकुण्ड गाउँपालिका
७. ङावातिन्डु शेपा, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–१ गुम्देल (एमाले)
लिखुतामाकोसी गाउँपालिका
८. प्रदिप तामाङ, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–१ दुरागाउँ (एमाले)

प्रतिक्रिया दिनुहोस्