दोरम्बा शैलुङ गाउँपालिकामा एमालेको अग्रता कायमै, पछ्याउदै गठबन्धन



१ जेठ, रामेछाप ।
दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा एमाले र गठबन्धनबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । सुरुवातदेखि नै अग्रता लिएको एमालेलाई गठबन्धनले पछ्याउदै आएको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेबाट पालिकाका अध्यक्षका उम्मेदवार टंक चौलागाईले १४७८ मत प्राप्त गर्दा माओवादी केन्द्रका मैन कुमार मोक्तानले १४३० मत प्राप्त गरेका छन् । मोक्तानले मतान्तर घटाउदै लगेका छन् ।

त्यसैगरी एमालेबाट उपाध्यक्षकी उम्मेदवार मुना कँडेल थापाले १४३४ मत ल्याउदा कांग्रेसबी उपाध्यक्ष खमला थापामगरले १३०१ मत प्राप्त गरेकी छिन् । गाउँपालिकाको वडा नम्बर १ को मतपरिणाम सार्वजनिक भइसकेको छ । वडा नम्बर १ मा एमालेका वडा अध्यक्ष प्रेम लामा विजयी भएका छन् । हाल दोरम्बा वडा नम्बर २ को मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्