रामेछापको शैलुङ दोरम्बा गाउँपालिकामा एमालेलाई पछि पार्दै माओवादीले लियो अग्रता



२ जेठ, रामेछाप ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा चुनावी मतगणनाको परिणाम निकै रोचक देखिएको छ । सुरुदेखि नै एमालेकाबाट अध्यक्षका उम्मेदवार टंक चौलागाईले अग्रता लिए पनि वडा नम्बर २ दोरम्बा वडाको मतगणना हुँदा चौलागाईलाई पछि पार्दै माओवादीका उम्मेदवार मैन कुमार मोक्तानले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार चौलागाईले १८६३ मत प्राप्त गर्दा मोक्तानले १९०१ मत ल्याएका छन् । त्यसैगरी एमालेबाट पालिकाको उपाध्यक्ष मुना कँडेल थापामगरले १७८९ मत प्राप्त गर्दा कांग्रेसबाट उपाध्यक्षकी उम्मेदवार खमला थापामगरले १८०३ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्