रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा आज पुनः निर्वाचन हुँँदै



१ जेठ, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा वैशाख ३० गते विवादको कारण रोकिएको निर्वाचन आज सुरु भएको छ । अहिले मतदात प्रक्रिया सुरु भएको निर्वाचन अघिकृतको कार्यालय खाँडादेवीले बताएको छ । राकाथुममा करिब २८ सय मतदाता रहेका छन् । यसअघि भएको निर्वाचनमा राजनीतिक दलहरुबीच विवाद भएपछि मतदान प्रक्रिया रोकिएको थियो । राकाथुमको मतदान नहुँदा पालिकाको अन्य वडाको पनि मतगणना हुन सकिरहेको छैन् ।

प्रतिक्रिया दिनुहोस्