रामेछाप नगरपालिकामा झिनो मतले कांग्रेसको अग्रता



२ जेठ, रामेछाप ।
रामेछाप नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । वडा नम्बर ३ साँघुटारको मतपरिणामसँग कांग्रेसले अग्रता लिएको होे । यसअघि एमालेका नगरप्रमुखका उम्मेदवार रोशन पाख्रिनले अग्रता लिएको थिए । साँघुटारको परिणाम अनुसार कांग्रेसका नगरप्रमुखका उम्मेदवार लवश्री न्यौपानेले अग्रता लिएका हुन् । न्यौपानेले २७ ०७ मत प्राप्त गर्दै पाख्रिनले २६९९ मत प्राप्त गरेका छन् । माओवादीका उम्मेदवार नरेशबाबु श्रेष्ठले १०३५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्