मन्थली नगरपालिकामा ६ सय मतले एमालेको अग्रता



२ जेठ, रामेछाप ।
रामेछापको मन्थली नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेबाट नगरप्रमुखका उम्मेदवार लव श्रेष्ठ ६१४ मतले अघि रहेका छन् । पछिल्लो मतपरिणाम अनुसार श्रेष्ठले ३५७४ मत प्राप्त गर्दा नगरप्रमुखमा कांग्रेसबाट उम्मेदवार रहेका विनोद कार्कीले २९६० मत प्राप्त गरेका छन् ।
त्यसैगरी उप्रमुखमा एमालेकी ईश्वरी वस्नेतले ३२१४ र कांगेसकी उप्रमुख यशोदा श्रेष्ठले ३०१५ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्