गोकुलगंगा गाउँपालिका–५ नामाडीको वडाअध्यक्षमा एमालेका कार्की विजयी



२ जेठ, रामेछाप ।
गोकुलगंगा गाउँपालिका– ५ नामाडीको वडाअध्यक्षमा नेकपा एमालेका दीपक कार्की विजयी भएका छन् । उनले काँग्रेसका वडाअध्यक्षका उम्मेदवारलाई ७२ मतले पराजित गर्दै वडाअध्यक्षमा विजयी भएका हुन् । कार्कीले १ हजार १०७ मत ल्याउँदा काँग्रेसका उम्मेदवारले १०३५ मत प्राप्त गरेका थिए । कार्की एमाले गोकुलगंगा गाउँ कमिटीका अध्यक्ष समेत हुन् । नामाडीको दुई सदयस्य, महिला सदस्य र दलित सदस्यमा भने नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । पालिकामा भने फराकिलो मतान्तरले एमालेलाई पछि पार्दै कांग्रेसले अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्