रामेछाप नगरपालिकामा कांग्रेसको अग्रता कायमै



२ जेठ, रामेछाप ।
रामेछाप नगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले अग्रता लिएको छ । नगरप्रमुखमा कांग्रेसका उम्मेदवार लवश्री न्यौपानेले ३५१९ मत प्राप्त गर्दा एमालेका उम्मेदवार रोशन पाख्रिनले ३२६२ मत प्राप्त गरेका छन् ।माओवादीबाट नगरप्रमुखका उम्मदेवार नरेशबाबु श्रेष्ठले १३६० मत प्राप्त गरेका छन् ।  त्यसैगरी उपप्रमुखमा कांग्रेसकी बाल कुमारी कार्कीले ३५८९ मत प्राप्त गर्दा एमालेकी उपप्रमुखकी उम्मेदवार ३१७१ मत प्राप्त गरेकी छिन् ।
नगरपालिकाको हालसम्म १, २ र ३ वटा वडाको मतगणना सकिएको छ भने अहिले वडा नम्बर ४, ५ र ६ को जारी रहेको निर्वाचन अधिकृतको कार्यालय रामेछापले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्