लिखु तामाकोसी गाउँपालिमा कांग्रेसको अग्रता



२ जेठ, रामेछाप ।
रामेछापको लिखु तामाकोसी गाउँपालिकाको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले अग्रता लिएको छ । कांग्रेसबाट पालिकाको अध्यक्षको उम्मेदवार रहेका केशव महतले १५९२ मत प्राप्त गर्दा एमालेबाट पालिकाका अध्यक्षका उम्मेदवार कमल कडरियाले १५२६ मत प्राप्त गरेका छन् । त्यसैगरी कांग्रेसबाट उपाध्यक्षकी उम्मेदवार सरस्वती गुरुङले १२८१ र एमालेकी उपाध्यक्षकी उम्मेदवार दिपा पाख्रिनले १५८९ मत प्राप्त गरेकी छिन् ।
पालिकाको वडा नम्बर १ को मतपरिणाम सार्वजनिक भएको छ । हाल वडा नम्बर २ सैपु र वडा नम्बर ७ तिल्पुङको मतगणना भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्