गोकुलगंगा गाउँपालिकाको अन्तिम मत परिणाम आज आउने



२ जेठ, रामेछाप ।
रामेछापको गोकुलगंगा गाउँपालिकाको मत परिणाम आज आउने भएको छ । गाउँपालिकाको पाँच वटाको मत परिणाम सार्वजनिक भइसकेको छ । हाल वडा नम्बर ६ फर्पुको मतगणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका काजीबहादुर खड्काले जित्ने सम्भावना बलियो रहेको छ ।

पाँच वटा वडाको मत परिणाम सार्वजनिक हुँदा एमालेका उम्मेदवार खड्ग बहादुर सुनुवारलाई पछि पर्दै खड्काले सुरुदेखि नै अग्रता लिदै आएका छन् । फराकिलो मतान्तरले खड्का अघि बढेसँगै कांग्रेसले जित्ने आकलन गरिएको छ । पालिकामा कांग्रेसले तीन र एमालेले दुई वटा वडामा चुनाव जितिसकेको छ । निर्वाचन अधिकृतको कार्यालय गोकुलगंगाका अनुसार आज रातीसम्ममा अन्तिम मतपरिणाम सार्वजनिक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्