सुनापति गाउँपालिकामा माओवादीको अग्रता, पछ्याउदै कांग्रेस



२ जेठ, रामेछाप ।
सुनापति गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । तीन वटा वडाको मतगणना सकिदा माओवादीका उम्मेदवार ठूलोकान्छा तामाङले ३९४७ मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवार कमान (दिपेन्द्र) खड्काले ३३३९ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार ज्ञान कुमार योञ्जनाले १४९९ मत ल्याएका छन् ।
सुनापति गाउँपालिकामा अहिले वडा नम्बर ३ र ४ को मतगणना भइरहेको छ । दुवै वडामा कांग्रेस र माओवादीबीच नै प्रतिस्पर्धा हुने आकलन गरिएको छ । वडा नम्बर ४ बेथान अध्यक्षका उम्मेदवार खड्काको वडा समेत हो ।

प्रतिक्रिया दिनुहोस्