रामेछापको खाँडादेवी गाउँपालिकामा आजबाट मतगणना सुरु हुने



२ जेठ, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिकामा आज रातीबाट मत गणना प्रक्रिया सुरु हुने भएको छ । वैशाख ३० गते विवादको कारण निर्वाचन रोकिएपछि आज खाँडादेवी गाउँपालिका–१ राकाथुममा पुनः मतदान सम्पन्न भएको । मतदानस्थलबाट अहिले गाउँपालिकाको केन्द्र माकादुममा मतपत्र ल्याउने काम भइरहेको छ । आज भएको मतदानमा राकाथुममा २८ सय मतदाता मध्ये १७९८ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्