एमालेका नेता तुला प्रसाद कँडेल वडा सदस्यमा निर्वाचित



२ जेठ, रामेछाप ।
नेकपा एमालेका नेता तुलाप्रसाद कँडेल यस पटक वडा सदस्यमा विजयी भएका छन् । गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा पराजित भएका उनी यस पटक दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरबाट वडा सदस्यमा विजयी भएका हुन् । वडा अध्यक्षमा भने कांग्रेसका सन्तलाल थापामगर विजयी भएका छन् ।

यस पटक पनि कडा प्रतिस्पर्धाकोबीच कँडेलले चुनाव जितेका छन् । जिल्ला समन्वय समिति रामेछापको प्रमुखका लागि कँडेलले वडा सदस्यमा उम्मेदवारी दिएका हुन् । अब जिल्लामा एमालेको बहुमत आएको अवस्थामा जिल्ला समन्वय समितिको प्रमुखमा कँडेल नै हुने निश्चितजस्तै छ ।

प्रतिक्रिया दिनुहोस्