सुनापति गाउँपालिकाको अध्यक्षमा माओवादीका तामाङ र उपाध्यक्षमा विष्ट विजयी



३ जेठ, रामेछाप ।
सुनापति गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादीका ठूलोकान्छा तामाङ विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार दिपेन्द्र खड्कालाई पराजित गर्दै विजयी भएका हुन् । तामाङले ५३९८ र खड्काले ४८५१ मत प्राप्त गरे । ठूलोकान्छा तामाङले ५४७ मत बढी ल्याएर विजयी भएका हुन् ।
त्यसैगरी उपाध्यक्षमा पनि माओवादीकै गिता विष्ट विजयी भएकी छिन् । उनले ५३६० मत ल्याएर विजयी भएकी हुन् । कांग्रेसकी उम्मेदवार शान्ति तामाङले ५०६८ मत ल्याएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्