दोरम्बा शैलुङ गाउँपालिकामा माओवादीको अग्रता कायमै



३ जेठ, रामेछाप ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा माओवादीले अग्रता कायमै राखेको छ । वडा नम्बर १, २ र ३को मतगणना सम्पन्न भएर अहिले वडा नम्बर ४ को गणना भइरहदा माओवादीले अग्रता लिएको हो । माओवादीको मैन कुमार मोक्तानले ३४४० मत प्राप्दा गर्दा एमालेका उम्मेदवार टंक चौलागाईले ३२१२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्षमा कांग्रेसकी खमला थापामगरले ३६०१ मत प्राप्त गर्दा एमालेकी उपाध्यक्षकी उम्मेदवार मुना कँडेल थापाले ३०५४ मत प्राप्त गरेकी छिन् । पालिकामा अब तीन वटा वडाको मतगणना गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्