यस्तो बन्यो सुनापति गाउँपालिकामा पाँच बर्षे कार्यकाल हाँक्ने टिम



३ जेठ, रामेछाप ।
सुनापति गाउँपालिकामा विगतको विरासत धान्दै नेकपा माओवादीले पालिकाको अध्यक्ष उपाध्यक्षसहित चार वटा वडामा जित हासिल गरेको छ । गत निर्वाचनमा पाँच वटै वडामा चुनाव जितेको माओवादीले यस पटक वडा नम्बर १ गुन्सीमा पराजय भोगेको छ । गुन्समा यस पटक नेपाली कांग्रेसका धु्रब चौलागाई वडा अध्यक्षमा निर्वाचित भएका छन् । गत स्थानीय तहको निर्वाचनमा वडा नम्बर ५ मा वडाअध्यक्ष जितेको ठूलोकान्छा तामाङ यस पटक गाउँपालिकाका अध्यक्षमा विजयी भएका छन् । गत निर्वाचनमा उपाध्यक्षमा विजयी भएकी गिता विष्ट चौलागाई यस पटक पनि पुनः उपाध्यक्षमा विजयी भएकी छिन् ।

यी हुन सुनापति गाउँपालिका निर्वाचित जनप्रतिनिधिहरुः
अध्यक्ष, ठूलोकान्छा तामाङ (माओवादी)
उपाध्यक्ष, गिता विष्ट चौलागाई (माओवादी)
१. धु्रव चौलागाई, वडा अध्यक्ष, सुनापति गाउँपालिका–१ गुन्सी (कांग्रेस)
२.पदम थापामगर, वडाध्यक्ष, सुनापति गाउँपालिका–२ दिमीपोखरी (माओवादी)
३. कुलबहादुर थिङ, सुनापति गाउँपालिका–३ हिलेदेवी–३ हिलेदेवी (माओवादी)
४. दण्डुप लामा, वडाअध्यक्ष, सुनापति गाउँपालिका–४ बेथान (माओवादी)
५. चित्रबहादुर मानन्धर, वडाअध्यक्ष, सुनापति गाउँपालिका–५ खनियापानी (माओवादी)

प्रतिक्रिया दिनुहोस्