रामेछाप नगरपालिकामा कांग्रेसको अग्रता कायमै



३ जेठ, रामेछाप ।
रामेछाप नगरपालिकामा कांग्रेसको अग्रता कायमै कायमै रहेको छ । ७ वटा वडाको मतपरिणाम सार्वजनिक भइसक्दा कांग्रेसले करिब पाँच सय भन्दा बढी मतले अग्रता लिएको हो । कांग्रेसका उम्मेदवार लवश्री न्यौपानेले ६१२१ मत प्राप्त गर्दा एमालेका रोशन पाख्रिनले ५६३० मत प्राप्त गरेका छन् । उप्रमुखमा पनि कांग्रेसकी उम्मेदवार बाला कुमारी कार्कीले ६१५५ मत ल्याएर अग्रता कायम गरेकी छिन भने एमालेकी सीता केसीले ५०९३ मत प्राप्त गरेकी छिन् ।
हालसम्म वडा नम्बर १,२,३,४,५,६ र ७ वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ भने हाल ८ र ९ वडाको मतगणना भइरहेको छ । नगरपालिकाको वडा नम्बर २ बाहेक मत परिणाम आएको अन्य वडामा भने कांग्रेसका वडा अध्यक्ष निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्