रामेछाप नगरपालिकामा कांग्रेसले जित्यो, नगरप्रमुख न्यौपाने र नगर उपप्रमुखमा कार्की विजयी



३ जेठ, रामेछाप ।
रामेछाप नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । रामेछाप नगरपालिकाको नगरप्रमुखमा कांग्रेसबाट लवश्री न्यौपाने विजयी भएका छन् । त्यसैगरी नगरउपप्रमुखमा बाला कुमारी कार्की विजयी भएकी छिन् । न्यौपानले एमालेका उम्मेदवार रोशन पाख्रिनलाई पराजित गरेर विजयी भए भने कार्कीलेएमालेकी  सिता केसीलाई पराजित गर्दै विजयी भएका हुन् ।

रामेछाप नगरपालिकामा गत स्थानीय तहको निर्वाचन कांग्रेसले जितेको थियो । यस बर्ष पनि विरासत कायमै राख्दै पुनः कांग्रेस नै विजयी भएको छ । रामेछापको नौ वटा वडा मध्ये कांग्रेसले सात वटा वडाअध्यक्ष जितेको छ । दुई वटामा भने माओवादीले वडाअध्यक्ष जितेको छ ।

प्रतिक्रिया दिनुहोस्