रामेछापमा एकीकृत समाजवादीले खाता खोल्यो, मन्थली नगरपालिका–५ को वडाअध्यक्षमा कार्की विजयी



३ जेठ, रामेछाप ।
नेकपा एकीकृत समाजवादीले रामेछापको मन्थली नगरपालिकाको वडाअध्यक्ष जितेर खाता खालेको छ । जिल्लाको ६४ वटा वडा मध्ये एर्कीकृत समाजवादीले मन्थली नगरपालिका–५ सुनारपानीको वडाअध्यक्षमा जित हासिल गरेको हो । सुनारपानीमा एमालेका उम्मेदवारलाई पराजित गर्दै रविन कार्की नविन वडाअध्यक्षमा विजयी भएका हुन् ।

उनले एमालेका उम्मेदवारलाई २५ मतले हराउँदै विजयी हुन सफल भएका हुन् । गत स्थानीय तहको निर्वाचनमा माओवादीले जितेको वडामा यस पटक पनि एकीकृत समाजवादीले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्