उमाकुण्ड गाउँपालिकाको नतिजा आजै आउने, अध्यक्षमा एमालेका सुनुवार जित नजिक



३ जेठ, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिकाको अन्तिम परिणाम आजै आउने भएको छ । सात वटा मध्ये अब एउटा वडाको मात्र मतगणना भइरहेको छ । पालिकाको अध्यक्षमा एमालेबाट शेरबहादुर सुनुवारले नै जित्ने सम्भावना बढेको छ । उनले छ वटा वडाको मतगणना सम्पन्न हुँदा ३२०९ प्राप्त गरेका छन् भने कांग्रेसका जित बहादुर कटुवालले २००३ मत प्राप्त गरेको छ । त्यसैगरी राप्रपाका उम्मेदवार हिक्मत बहादुर सुनुवारले १८०३ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा कांग्रेसकी सावित्री सुनुवारले २६८१ मत प्राप्त गर्दा एमालेकी गंगादेवी कार्कीले २३६२ र माओवाादीका अनन्त कुमार खड्काले १६८४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्