उमाकुण्ड गाउँपालिकाकाे अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी



४ जेठ, रामेछाप ।
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार शेरबहादुर सुनुवार र उपाध्यक्षमा काँग्रेस उम्मेदवार सावित्री सुनुवार विजयी भएकी छिन् ।
सुनुवार ३ हजार ७२८ मत प्राप्त गरी विजयी भए भने उने निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीतबहादुर कटुवालले २हजार १७२ मत प्राप्त गरे ।

उपाध्यक्षमा भने नेपाली काँग्रेसकी सावित्री सुनुवार विजयी भएकी छिन् । सुनुवारले २ हजार ९ सय २२ मत प्राप्त गरिन भने उनेका निकटतम् प्रतिस्पर्धी एमालेकी गंगा कार्कीले २ हजार ८३४ मत प्राप्त गरिन ।

प्रतिक्रिया दिनुहोस्