दोरम्बा शैलुङ गाउँपालिकामा एमाले–माओवादीबीच कडा प्रतिस्पर्धा, फेरि एमालेको अग्रता



४ जेठ, रामेछाप ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा एमाले र माओवादीबीच कडा प्रतिस्पर्धा भएको छ । सुरुवाती अग्रता लिएको एमालेलाई पछि पार्दै केही वडामा मतगणनामा माओवादीले अग्रता लिएको थियो । अहिले वडा नम्बर ६ को मतगणनामा माओवादीलाई पछि पार्दै पुनः एमालेले अग्रता लिएको हो ।
पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार टंक चौलागाईले ५०५३ र माओवादीका उम्मेदवार मैन कुमार मोक्तानले४९८९ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने एमालेकाका उम्मेदवार मुना कँडेल थापालाई पछि पार्दै कांगेसकी उम्मेदवार खमला थापामगरले फराकिलो मतान्तर कायमै राखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्