मन्थली नगरपालिकामा कांग्रेसको अग्रता, एमाले–कांग्रेसबीच कडा प्रतिस्पर्धा



४ जेठ, रामेछाप ।
रामेछापको मन्थली नगरपालिकाको मतपरिणाम निकै रोचक बनेको छ । सुरुदेखि नै अग्रता लिएको एमालेलाई पछि पार्दै पछिल्लो मतपरिणाम अनुसार अहिले कांग्रेसले अग्रता लिएको छ । एमालेका उम्मेदवार लव श्रेष्ठले ७८५० मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार विनोद कार्कीले ७८८८ मत प्राप्त गरेका छन् । श्रेष्ठलाई कार्कीले ३३ मतले पछि पारेका छन् ।मन्थली नगरपालिकाको १४ वटा वडा मध्ये अब वडा नम्बर ९ को मात्र मतगणना हुन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्