रामेछापको लिखुतामाकोसी गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी



४ जेठ, रामेछाप ।
रामेछापको लिखु तामाकोसी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका केशव महत विजयी भएका छन् । उनले एमालेका उम्मेदवार कमलप्रसाद कडरियालाई पराजित गर्दै विजयी भएका हुन् । त्यसैगरी उपाध्यक्षमा भने नेकपा एमालेकी दिपा पाख्रिन विजयी भएकी छिन् । उनले कांगेसकी उम्मेदवारलाई पछि पार्दै विजयी भएकी हुन् ।

महतले ५११२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कडेरियाले ४००८ मत प्राप्त गरे। यसैगरी उपाध्यक्षमा कांग्रेसकी सरस्वती गुरुङ खड्कालाई पराजित गर्दै एमालेकी दीपा पाख्रिन निर्वाचित भएकी छन्। पाख्रिनले ४१२६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी खड्काले ३९३३ मत प्राप्त गरिन्। पाख्रीन यस अगाडि जिल्ला समन्वय समिति रामेछापकी उपप्रमुख हुन्।  गत स्थानीय तहको निर्वाचनमा अधिकाशं वडा र पालिकाको अध्यक्ष उपाध्यक्ष नेकपा एमालेले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्