रामेछापको पाँच स्थानीय तहसहित ५४ वडाकोे नतिजा सार्वजनिक, कहाँ कसको जित (नामसहित)



४ जेठ, रामेछाप ।
रामेछापमा स्थानीय तहको निर्वाचन अन्तर्गत ६४ वटा वडा मध्ये ५४ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणाम अनुसार ५४ वडाको मतपरिणाम आएको हो । हालसम्म कांग्रेसले २०, एमालेले १७ र माओवादीले १४ वटा वडामा जित हासिल गरेको छ । त्यसैगरी नेकपा एकीकृत समाजवादीले एक वटा वडाअध्यक्ष जितेको छ ।

गोकुलगंगा गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ भने रामेछाप नगरपालिकामा पनि कांग्रेस नै मेयर र उपमेयर जितेको छ । उमाकुण्ड गाउँपालिकामा एमालेले अध्यक्ष जितेको छ भने उपाध्यक्ष भने कांग्रेसले जितेको छ । त्यसैगरी सुनापति गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै माओवादीले जितेको छ भने लिखु तामाकोसी गाउँपालिकामा अध्यक्षमा कांग्रेसले जित्दा उपाध्यक्ष भने एमालेले जितेको छ ।

उमाकुण्ड गाउँपालिका
शेरबहादुर सुनुवार, अध्यक्ष (एमाले)
सावित्री सुनुवार, उपाध्यक्ष (कांग्रेस)

गोकुलगंगा गाउँपालिका
काजीबहादुर खड्का दिनेश, अध्यक्ष (कांग्रेस)
उषा वस्नेत कार्की, उपाध्यक्ष (कांग्रेस)

लिखु तामाकोसी गाउँपालिका
केशव महत, अध्यक्ष (कांग्र्रेस)
दिपा पाख्रिन, उपाध्यक्ष (एमाले)

सुनापति गाउँपालिका
ठूलोकान्छा तामाङ, अध्यक्ष (माओवादी)
गिता विष्ट, उपाध्यक्ष (माओवादी)

रामेछाप नगरपालिका
लवश्री न्यौपाने, नगरप्रमुख (कांग्रेस)
बाला कुमारी कार्की, नगरउपप्रमुख (कांग्रेस)

यी हुन हालसम्म निर्वाचित वडाअध्यक्षहरुः

मन्थली नगरपालिका
१. रामहरि पौडेल, वडाअध्यक्ष, मन्थली नगरपालिका–१ मन्थली (कांग्रेस)
२.सुरेन्द्र कार्की, वडाअध्यक्ष, मन्थली नगरपालिका–२ मन्थली (एमाले)
३. कृष्ण गोपाल थापा, वडाअध्यक्ष, मन्थली नगरपालिका–३ (एमाले)
४. राजन घिमिरे, वडाअध्यक्ष, मन्थली नगरपालिका–४ (कांग्रेस)
५. रविन कार्की (नविन), वडाअध्यक्ष, मन्थली नगरपालिका–५ (नेकपा एकीकृत समाजवादी)
६ भिमबहादुर थापामगर, वडाअध्यक्ष, मन्थली नगरपालिका–११ (माओवादी)
७. खिलेन्द्र खत्री, वडाध्यक्ष, मन्थली नगरपालिका–१२ गेलु (कांग्रेस)
८. नवराज थापामगर, वडाअध्यक्ष, मन्थली नगरपालिका–१३ ( एमाले)
९. मोतीलाल तामाङ, वडाअध्यक्ष, मन्थली नगरपालिका–१४ फुलासी (एमाले)

रामेछाप नगरपालिका
१.रेखबहादुर कार्की, वडा अध्यक्ष, रामेछाप नगरपालिका–१ गोठगाउँ (काग्रेस)
२. निर कुमार श्रेष्ठ, वडाअध्यक्ष, रामेछाप नगरपालिका–२ देउराली (माओवादी)
३. दलबहादुर प्रधान, वडाअध्यक्ष, रामेछाप नगरपालिका–३ साँघुटार (कांग्रेस)
४. कृपा थापामगर, वडाअध्यक्ष, रामेछाप नगरपालिका–४ (कांग्रेस)
५. हरिशचन्द्र श्रेष्ठ, वडाअध्यक्ष, रामेछाप नगरपािलका–५ (कांग्रेस)
६. राजेश तामाङ, वडाअध्यक्ष, रामेछाप नगरपालिका–६ (कांग्रेस)
७.समिर कार्की, वडाअध्यक्ष, रामेछाप नगरपालिका–७ (कांग्रेस)
८.सन्तोष तामाङ, वडाअध्यक्ष, रामेछाप नगरपालिका–८ (कांग्रेस)
९.चन्द्र बहाादुर श्रेष्ठ, वडाअध्यक्ष, रामेछाप नगरपालिका–९ (माओवादी)

सुनापति गाउँपालिकाः
१. धु्रव चौलागाई, वडा अध्यक्ष, सुनापति गाउँपालिका–१ गुन्सी (कांग्रेस)
२.पदम थापामगर, वडाध्यक्ष, सुनापति गाउँपालिका–२ दिमीपोखरी (माओवादी)
३. कुलबहादुर थिङ, सुनापति गाउँपालिका–३ हिलेदेवी–३ हिलेदेवी (माओवादी)
४. दण्डुप लामा, वडाअध्यक्ष, सुनापति गाउँपालिका–४ बेथान (माओवादी)
५. चित्रबहादुर मानन्धर, वडाअध्यक्ष, सुनापति गाउँपालिका–५ खनियापानी (माओवादी)

गोकुलगंगा गाउँपालिका
१. छत्र बहादुर बस्नेत, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–१ चुचुरे (कांग्रेस)
२. सुरेन्द्र कार्की वडा अध्यक्ष, गोकुलगंगा गाउँपालिका–२ ठोसे (कांग्रेस)
३. नरविक्रम कार्की, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–३ रस्नालु (एमाले)
४.रामचन्द्र वस्नेत, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–४ बेताली (कांग्रेस)
५.दीपक कार्की, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–५ नामाडी (एमाले)
६. चन्द्र बहादुर सुनुवार, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–६ फर्पु (कांग्रेस)
उमाकुण्ड गाउँपालिका
१. ङावातिन्डु शेपा, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–१ गुम्देल (एमाले)
२. खम्बाध्वज वस्नेत, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–२ बाम्ती (माओवादी)
३. गुण कुमार थापा (नविन) वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थली (एमाले)
४. मानबहादुर सुनुवार, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–४ प्रिति (माओवादी)
५. कुलबहादुर बस्नेत, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–५ (एमाले)
६. भरतराज खड्का, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–६ (कांग्रेस)
७.रुद्रमणि नेवार, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–७ (एमाले)

लिखुतामाकोसी गाउँपालिका
१. प्रदिप तामाङ, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–१ दुरागाउँ (एमाले)
२. सन्तोष पौडेल, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–२ सैपु (एमाले)
३. गोपालराज तामाङ, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–३ (माओवादी)
४. दिपक पुलामी मगर, वडाअध्यक्ष, लिखु तामाकोसी गाउँपालिका–४ (कांग्रेस)
५. सोमबहादुर तामाङ, वडाध्यक्ष, लिखु तामाकोसी गाउँपालिका–५ (कांग्रेस)
६. शिव प्रसाद न्यौपाने, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–६ खिम्ती (एमाले
७. कैलाश कुमार दर्लामी, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–७ तिल्पुङ (माओवादी)

दोरम्बा शैलुङ गाउँपालिका
१. प्रेम लामा, वडाअध्यक्ष,दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवा (एमाले)
२. मेचमान योञ्जन, वडाअध्यक्ष, दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बा (माओवादी)
३. सन्तलाल थापामगर, वडाअध्यक्ष, दोरम्बा शैलुङ गाउँपालिका–३ टोकपुर (कांग्रेस)
४. श्यामलाल घिसिङ, वडाअध्यक्ष, दोरम्बा शैलुङ गाउँपालिका–४ गौश्वरा (कांग्रेस)
५. गंगालाल तामाङ (कमान) वडाअध्यक्ष, दोरम्बा शैलुङ गाउँपालिका–५ गौश्वरा (माओवादी)
६. टिका प्रसाद गौतम, वडाअध्यक्ष, दोरम्बा गाउँपालिका–६ (एमाले)

प्रतिक्रिया दिनुहोस्