मन्थली नगरपालिकामा एमालेको जित, नगरप्रमुखमा श्रेष्ठ र उप्रमुखमा वस्तेत विजयी



४ जेठ, रामेछाप ।
रामेछापको मन्थली नगरपालिकाको नगरप्रमुख र नगर उपप्रमुख दुवैमा नेकपा एमाले विजयी भएको छ । मन्थली नगरपालिकाको नगरप्रमुखमा एमालेका लव श्रेष्ठ र नगर उप्रमुखमा एमालेकी इश्वरी वस्नेत विजयी भएका हुन् । कांग्रेसका उम्मेदवार विनोद कार्कीलाई पराजित गर्दै नगरप्रमुखमा श्रेष्ठ विजयी भएका छन् । गत स्थानीय तहको निर्वाचनमा मन्थली नगरपालिका एमालेले जितेको थियो । यस पटक पनि विगतको विरासत कायमै राख्दै एमाले पुनः विजयी भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीले विजयीको अचौपचारिक घोषणा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्