अबको पाँच बर्ष दोरम्बा शैलुङ गाउँपालिकाको विकासमा प्रतिबद्ध भएर लाग्नेछुः अध्यक्ष मोक्तान



४ जेठ, रामेछाप ।
नवनिर्वाचित दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले आगामी पाँच बर्ष पालिकाको विकासमा प्रतिबद्ध भएर काम गर्ने बताएका छन् । निर्वाचित भएपछि रामेछाप न्युजलाई प्रतिक्रिया दिदै उनले सबैको साथ र सहयोग लिएर पालिकाको विकास गर्ने बताएका हुन् । अध्यक्ष मोक्तानले भने,‘अघिल्लो सरकारले पालिकामा राम्रो काम गरेको छ, पालिकालाई समृद्ध बनाउन जग बसेको छ, अब हामी समृद्ध पालिका निर्माणमा प्रतिबद्ध भएर लाग्छौ ।’ पालिकाको विकासमा सबै राजनीतिक दलहरुसँग आपसी समन्वय र सहयोग लिएरै अघि बढने बताउदै पालिकालाई समृद्ध बनाउनु आफ्नो एक मात्र लक्ष्य रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्