रामेछापमा एमालेले जोगाउन सकेन विरासत, रामेछाप नगरपालिका र सुनापति गाउँपालिकामा जनप्रतिनिधि शुन्य



५ जेठ, रामेछाप ।
स्थाानीय तहको निर्वाचन अन्तर्गत रामेछाप जिल्लाको सात वटा स्थानीय तहको मतपरिणाम आइसकको छ । सात वटा स्थानीय तहको मतपरिणाम आउदा पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले ले २३ भन्दा बढी वडामा जित हासिल गरेको छ । एमालेले गत निर्वाचनमा विजयी भएको गोकुलगंगा गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकामा विरासत जोगाउन सकेन । गत चुनावमा पाँच वटा स्थानीय तहको निर्वाचन जितेको एमालेले यस पटक दुई वटा स्थानीय तह जितिसकेको छ भने मतगणना भइरहेको खाँडादेवी गाउँपालिकामा पनि जित्ने निश्चितजस्तै रहेको छ ।

यस पटक लिखुतामाकोसी गाउँपालिकाको अध्यक्ष जित्न नसके पनि एमाले उपाध्यक्ष जित्न सफल भएको छ । गत निर्वाचनमा एक सय मतको कारण पराजित भएको रामेछाप नगरपालिकामा भने यस पटक एमालेले एक जना वडाअध्यक्ष पनि जित्न सकेन । त्यसैगरी सुनापति गाउँपालिकामा पनि एमालेले एक जना जनप्रतिनिधि जित्न सकेन ।

एमालेले गोकुलगंगा गाउँपालिका अध्यक्ष जितेको छ । उपाध्यक्षमा भने कांग्रस विजयी भएको छ । मन्थली नगरपालिकाको नगर प्रमुख र नगरउप्रमुख जितेको एमालेले खाँडादेवीमा जितेपछि तीन वटा पालिकामा मात्र यस पटक नेतृत्व गर्न पाउने भएको छ । गत स्थानीय तहको पाँच वटा स्थानीय तह जितेको एमाले यस पटक तीन स्थानीय तहमा सीमित हुन पुगेको छ ।
एमालेले स्थानीय तहको निर्वाचन अन्तर्गत दारम्बा शैलुङ गाउँपालिकामा २, लिखुतामाकोसी गाउँपालिकामा ३, उमाकुण्ड गाउँपालिकामा ४, गोकुलगंगा गाउँपालिकामा २, मन्थली नगरपालिकामा ७ र खाँडादेवी गाउँपालिकामा पछिल्लो मतपरिणाम अनुसार पाँच वटा वडाअध्यक्ष जितेको छ ।

प्रतिक्रिया दिनुहोस्