स्थानीय तह निर्वाचनः रामेछापमा कांग्रेस उत्साहित



३ जेठ, रामेछाप ।
स्थानीय तहको निर्वाचनबाट प्राप्त परिणामप्रति नेपाली कांग्रेस रामेछाप उत्साहित बनेको छ । गत निर्वाचनमा रामेछाप नगरपालिकामा मात्र जित हासिल गरेको कांग्रेसले यस पटक लिखुतामाकोसी गाउँपालिका र गोकुलगंगा गाउँपालिका आफ्नो पोल्टामा पार्न सफल भएको छ । कांग्रेसले यस पटक पुनः उमाकुण्ड गाउँपालिकामा उपाध्यक्ष जित्न सफल भएको छ भने दोरम्बा शैलुङ  गाउँपालिकामा पनि गठबन्धन गरेर उपाध्यक्ष जितेको छ ।

गत निर्वाचनमा १३ वटा मात्र वडा जितेको कांग्रेसले यस पटक थप आठ वटा बढी वडा जितेको छ । पछिल्लो तपरिणाम अनुसार कांग्रेसले जिल्लाको आठ वटा स्थानीय तहमा गरेर २१ वटा वडामा जित हासिल गर्न सफल भएको छ । अझै खाँडादेवी गाउँपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी नै छ । पाँच वटा स्थानीय तह जित्ने दावी गरेको कांग्रेसले तीन वटा स्थानीय तहमा भने प्रमुख जित्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्